जनताका आवाज तटस्थ रुपमा आम नागरिकमा पुर्याउन आग्रह - अध्यक्ष विष्ट

काठमाडौँ - सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले जनताका आवाज तटस्थ रुपमा आम नागरिकसम्म पुर्याउनका लागि केन्द्रित हुन आग्रह गरेका छन् ।
रेडियो नेपालको कार्यालयमा बुधबार आयोजित स्वागत कार्यक्रममा उनले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई राष्ट्रको आवश्यकताका आधारमा एकीकृत गरी सार्वजनिक प्रसारण संस्था बनाइएको भन्दै जनताका आवाज तटस्थ रुपमा आम नागरिकसम्म पुर्याउनका लागि केन्द्रित हुन आग्रह गरेका हुन् ।
उनले समायोजनको प्रक्रिया निकै जटिल संवेदनशील भएकाले विज्ञहरूको सुझावका आधारमा अघि बढाइने धारणा राखे । सार्वजनिक सेवा प्रशारणमा रुपान्तरण हुने क्रममा आउने विभिन्न चुनौतीको सामना गर्दै सबैले आ आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गर्न उनले आग्रह गरे ।
रेडियो नेपाल र नेपाल टेलिभिजनका प्रमुखहरूले संस्थाको हित हुनेगरी सबैले काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यकारी अध्यक्ष डा. विष्टले मंगलबार नै पदभार ग्रहण गरेका थिए । मङ्सिर २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।

गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने

पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

१२ लाख बढी चोर्ने पोखराबाट पक्राउ

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

सात वर्ष लगाएर देवघाटमा बनेको विद्युतीय शवदाह सञ्चालनमा आउने

११ जनालाई डिएसपीवाट एसपीमा बढुवा गराउन सिफारिस

प्रतिक्रिया