हङकङविरूद्ध नेपाल २२६ रनले विजयी

काठमाडौं - नेपाली यु १९ टोलीले हङकङ विरुद्ध २२६ रनले विजयी भएको छ ।
एकदिवसीय अभ्यास शृंखला आफ्नो पक्षमा पारेको नेपालले फराकिलो जीत हासिल गरेको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार नेपालले २२६ रनको सानदार जित दर्ता गरेको हो ।
जितसँगै नेपालले तीन खेलको शृंखलामा २.० ले अगाडि बढेको छ । पहिलो खेलमा नेपाल तीन विकेटले विजयी भएको थियो । नेपालले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९.४ ओभरमा ७१ रनमै समेटिएको हो ।
हङकङका कप्तान शिव माथुरले १६, अरेज दार र प्र्रित मोन्गुकियाले समान १४ रन बनाए भने नेपालका लागि दयानन्द मण्डलले चार, सिब्रिन श्रेष्ठ र अपराजित पराजुलीले समान दुई तथा सन्तोष यादव र नरेन भट्टले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९७ रनको योगफल तयार पारेको थियो ।
शृंखलाका तेस्रो तथा अन्तिम खेलमा शुक्रबार हुनेछ ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया