'आर्थिक लेनदेनका कारण अपराधका घट्ना बढ्यो'

काठमाडौँ- नेपाल प्रहरीले आर्थिक अपराधको कारणले अन्य अपराधका घटनामा वृद्धि भएको जनाएको छ ।
बुधबार आर्थिक वर्ष २०८१/०८२ को गत ४ महिनाको अवधिमा भएका प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्दै नेपाल प्रहरीले प्रविधिको बढ्दो दुरूपयोगबाट सिर्जित अपराधहरू चुनौतीको रुपमा रहेको र आर्थिक अपराधको कारणले अन्य अपराधहरू वृद्धि भएको तथ्याङ्कले देखाएको जनाएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले विद्यमान स्रोतसाधनको उच्चतम प्रयोग गरी त्यस्ता अपराध नियन्त्रणमा प्रहरी क्रियाशील रहेको बताए ।
उनले चालू आर्थिक बर्षको पछिल्लो चार महिनामा देशभर १९ हजार ४९८ वटा मुद्दा दर्ता भएको र धेरैको संख्यामा आर्थिक अपराधका मुद्दाहरू रहेको बताए ।
त्यस्तै बलात्कारका कसुरका मुद्दाहरुको संख्या पनि धेरै नै रहेको अधिकारीले जानकारी दिए । सोही अवधिमा १२ वटा रेड कर्नर नोटिस जारी भएको उनले बताए ।
प्रवक्ता अधिकारीले प्रहरी कर्मचारीहरु विरूद्ध पर्ने उजुरीलाई कसूरको गम्भीरताको आधारमा विभागीय कारवाहीको दायरामा ल्याउने काम समेत भइरहेको बताए ।
सो क्रममा उनले मानवस्रोत विकास तथा स्रोतसाधन व्यवस्थापनतर्फ प्रहरीको इकाईगत संख्या, भर्ना छनौट सम्बन्धी हाल सम्मको गतिविधि, भौतिक संरचनाहरूको संख्यात्मक विवरण लगाएतका बिषयमा जानकारी गराएका थिए ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया