बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

इस्लिङ्टन कलेज दिक्षान्त समारोह २०२४

कमलपोखरी स्थित इस्लिटन कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ।

समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ र आईटी सेक्युरिटी, बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन, बीए (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) डिजिटल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) विज्ञापन र मार्केटिङ, र बीए (अनर्स) इभेन्ट्स र टुरिजम म्यानेजमेन्टका कुल ७५० जना विद्यार्थी सहभागी भएका थिए भने स्नातकोत्तर तह अन्तर्गत एमएससी आईटी र एप्लाइड सेक्युरिटी विषयका ६४ जना विद्यार्थी दिक्षीत भएका थिए।

समारोहमा बिजनेस विषय र आइटि विषय पुरा गर्ने विद्यार्थी गरी कुल ८१४ विद्यार्थी दिक्षित भएका थिए। वार्षिक दिक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति र प्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यार्थी हाउस/लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ।

यस वर्षको प्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यार्थी हाउस/ लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति सुश्री लक्षिना बज्राचार्य र श्री कुशल कार्कीलाई प्रदान गरिएको छ, जसका कुल रकम १.५ करोडभन्दा बढी हुने गर्दछ। यसले ट्यूशन शुल्क, बस्ने खर्च र दुई तर्फी हवाई भाडा जस्ता खर्चहरु कभर गर्दछ ।