मुम्बईको तटमा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु, ७७ जनाको उद्धार
काठमाडौँ - भारतको मुम्बईको तटमा बुधबार साँझ एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । करिब ७७ जनालाई उद्धार गरिएको छ र बेपत्ता अन्य पाँच जनाको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।
अधिकारीका अनुसार पाँच चालक दलका सदस्यसहित ८५ जना चढेको डुङ्गा एलिफेन्टा टापुतर्फ जाँदै गर्दा साँझ ६ः३० बजे कारंजाको उरान नजिकै दुर्घटना भएको हो ।
दुई जनाको शव फेला परेको छ भने खोजी कार्य भारतीय कोस्ट गार्ड (आईसीजी) जहाजले गरिरहेको छ । “मुम्बईको तटमा डुङ्गा दुर्घटनामा ७७ जनाको उद्धार गरिएको छ भने दुई जनाको शव निकालिएको छ,” कोस्ट गार्डले जानकारी दिएको छ ।
बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशन (बीएमसी) का अनुसार जहाजमा चालक दलका सदस्यसहित कुल ८५ यात्रु थिए । “पाँच जना बेपत्ता छन् । उद्धार गरी अस्पतालमा भर्ना गरिएका पाँच जनाको अवस्था गम्भीर छ । बाँकीको अवस्था स्थिर छ,” बीएमसी अधिकारीहरूले बताए ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले भन्नुभयो,“हामीले एलिफन्टातर्फ गइरहेको नीलकमल डुङ्गा दुर्घटना भएको खबर प्राप्त गरेका छौं । नौसेना, तटरक्षक र प्रहरी टोलीबाट डुङ्गा तुरुन्तै सहायताको लागि पठाइएको छ । हामी जिल्ला प्रहरी प्रशासनसँग निरन्तर सम्पर्कमा छौं । अधिकांश यात्रुको उद्धार गरिएको छ । यद्यपी उद्धार कार्य जारी छ । सञ्चालनका लागि आवश्यक सबै स्रोत परिचालन गर्न जिल्ला प्रशासनलाई निर्देशन दिइएको छ ।”
यसैबीच, महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले अधिकारीहरूलाई भारतीय तटरक्षक र स्थानीय पुलिसद्वारा सुरु गरिएको उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिए ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया