एनपीएल : फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

काठमाडौँ- आज जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचमा प्रतिस्पर्धा हुँदैछ ।
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा जनकपुर र कर्णाली प्रतिस्पर्धामा उत्रन लागेका हुन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित खेल मैदानमा दिउँसो १:०० बजेबाट सो खेल सुरू हुनेछ ।
सुदुरपश्चिमसँग पहिलो क्ववालिफायर खेलमा ८ विकेटले पराजित भएर आएको जनकपुर र इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेका हुन् । इलिमेटरमा खेल्नु अघि कर्णाली ८ अंकका साथ चौथो स्थानमा थियो भने जनकपुर बोल्टस १० अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
एनपीएल गत मंसिर १५ बाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।
जनकपुर बोल्ट्स
आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।
कर्णाली याक्स
सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक)।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Yt5hhBu92M_uw3iurdbmwuup0kldxuyc6uncbdddkcx1gqgmptnnpyrzrvsend9abbdv1xj.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया