अजय देवगनको ‘दे दे प्यार देः २’ को रिलिज मिति एक वर्ष पछाडि धकेलियो

मुम्बई- बलिउड स्टार अजय देवगनको रोमान्टिक कमेडी ‘दे दे प्यार देको सिक्वेल’ पुर्व निर्धारित मिति स्थगित गरिएको छ ।
अंशुल शर्माद्वारा निर्देशित, ‘दे दे प्यार दे २ मे १, २०२५ मा ठूलो पर्दामा आउने भनिएको थियो, अब सो फिल्म १४ नोभेम्बर, २०२५ मा मात्रै रिलिज हुनेछ । जुन मिति अब देवगनको क्राइम थ्रिलर ‘रेड २’ ले लिएको छ।
टि सिरज र लभ फिल्मद्वारा निर्मित दे दे प्यार देः २ मा अजय देवगनले रकुल प्रीत सिंहको साथमा आफ्नो भूमिका दोहोर्याउनेछन्, जसको पहिलो भाग २०१९ मा रिलिज भएको थियो ।
पहिलो चलचित्रबाट आफ्नो चरित्र पुनः प्रस्तुत गर्न अजय देवगन फर्केका छन्। कास्टमा आर माधवन नयाँ थपिएका छन्। यस वर्षको सुपरहिट ‘शैतान’ पछि उनी अजयसँग पुनः एउटै पर्दामा देखिने भएका छन ।
सिक्वेलले रकुल प्रीत सिंहको परिवारमा आशिष (अजय देवगन) र आयशा (रकुल) बीचको सम्बन्धबाट उत्पन्न हुने हाँस्य घटनाहरूको वर्णन गर्नेछ। अहिले चलचित्रको छायांकन भइरहेको छ ।

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

प्रतिक्रिया