कोभिडबाट अत्यन्त प्रभावित बीस देश, कहाँ कति संक्रमित र मृतक ?

बेइजिङ : जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ३७ लाख ८४ हजार ९६७ जना रहेका छन् । कोभिड सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ७७ हजार ६० जनाको मृत्यु भएको छ ।
विश्वभर तीन अर्ब १९ करोड २४ लाख ७६ हजार २१६ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्ब २९ करोड ६० लाख ३७ हजार डोज कोभिडविरुद्ध खोप लगाइएको छ । भारतमा ३५ करोड २८ लाख ९२ हजार ४६ डोज खोप लगाइएको छ । अमेरिकामा ३२ करोड ९५ लाख ८१ हजार ४०० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा नौ करोड ८३ लाख ३० हजार ६२ डोज लगाइएको छ ।
बेलायतमा सात करोड ९५ लाख ४३ हजार २३५ डोज खोप लगाइएको छ । जर्मनी सात करोड ५७ लाख ८१ हजार ४०४ डोज खोप लगाइएको छ । सो विश्वविद्यालयले जुलाई ५ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । रासस

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया