नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा बाधक, बाँड्यो अंक

काठमाडौँ- नेपालले एसिसी महिला यु-१९ एसिया कपको सुपर फोरअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको छ ।
खेल मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले एक ओभरमा एक विकेट गुमाउँदै एक रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।
त्यसपछि खेल सञ्चालन गर्न सम्भवन नभएपछि दुवै टोलीलाई १-१अंक प्रदान गरिएको हो ।
नेपालले समूह ‘बी’ तथा श्रीलंकाले समूह ‘ए’ को उपविजेताका रूपमा सुपर फोरको यात्रा तय गरेका थिए ।
समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग पनि अंक बाँडेको थियो । नेपाल र भारतबीचको खेल वर्षाका कारण विना नतिजा टुंगिएको थियो ।
यता घरेलु टोली मलेसियाविरुद्ध ९४ रनको सहज जित निकालेबको श्रीलंका बंगलादेशसँग २८ रनले पराजित भएको थियो ।
सुपर फोरको अन्तिम खेलमा नेपालले शुक्रबार बंगलादेशको सामना गर्नेछ ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया