बिराट- अनुष्का अब लन्डनमा सिफ्ट हुने लगभग पक्का

मुम्बइ - भारतीय क्रिकेट टोलीका दिग्गज खेलाडी विराट कोहली यतिखेर अस्ट्रेलिया भ्रमणमा छन् । अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा उनले खास केही गर्न सकेका छैनन् । यसैबिच कोहलीलाई लिएर एउटा महत्त्वपूर्ण खबर बाहिर आएको छ ।
एक रिपोर्टका अनुसार विराट चाँडै आफ्नो परिवारसँग लन्डन सर्ने भएका छन् र यो कुरा उनको बाल्यकालका प्रशिक्षक राजकुमार शर्माले पुष्टि गरेका छन् । अब चाँडै नै दिग्दज क्रिकेटर कोहली भारत छाड्ने योजनामा छन् । कोहली र अनुष्का लण्डन सर्ने चर्चा लामो समयदेखि चलिरहेको थियो तर यसबारेमा अझै आधिकारिक जानकारी भने दिइएको छैन ।
तर, कोहलीको बारेमा पहिलो पटक कसैले केही भनेका छन् । प्रशिक्षक राजकुमार शर्माले हालै दैनिक जागरणलाई अन्तर्वार्ता दिने क्रममा यो खुलासा गरेका हुन । उनले भने, ‘विराट छोराछोरी र श्रीमती अनुष्का शर्मासँग लण्डन सिफ्ट हुने योजनामा छन् ।
विराट कोहलीको नयाँ दिल्लीमा पनि घर छ, मुम्बईमा पनि उनको घर छ । उनले मुम्बईमा खासमा एउटा अपार्टमेन्ट किनेका थिए । यससँगै अलिबागमा एउटा बंगला पनि खरिद गरेका थिए । उनले खासमा बिदा मनाउन यो घर बनाएका हुन् तर अहिले भने उनीहरू भारत छोड्ने योजनामा छन् । विराट कोहलीको नयाँ घर लण्डनमा हुने लगभग पक्का भएको उनका पूर्व प्रशिक्षकले भनेको छ । तर विराटले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
विराट आफ्नो महँगो जीवनशैलीका कारण चर्चामा रहन्छन् । कोहलीको स्वामित्वमा रहेका सबै घर महँगो छन् । मिडिया रिपोर्टका अनुसार कोहलीको सबैभन्दा महँगो बंगला गुरुग्राममा छ। कोहलीको यो घर डिएलएफ फेज १ मा छ, जसको अनुमानित मूल्य ८० करोड रुपैयाँ छ जबकि मुम्बईमा एउटा अपार्टमेन्टको मूल्य करिब ३४ करोड भारु पर्दछ । अलिबागको बंगलाको मूल्य करिब १९ करोड भारु रहेको छ तर यसबारे आधिकारिक जानकारी आएको छैन ।
बलिउड अभिनेत्री अनुष्का शर्मा छोरी जन्मे पछि प्रायः लन्डन बस्दै आएकी छिन् । छोरीका लागि लन्डन जान लागेको पारिवारिक श्रोतले जनाएका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया