एनपिएलः कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

काठमाडौं - कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा खेलमा कर्णालीले जनकपुरलाई सामान्य लक्ष्य दिएको हो ।
त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रनमात्रै बनाउन सक्यो ।
कर्णालीका गुल्सन झाले सर्वाधिक २५ रन जोडेका थिए भने देव खनालले २४, जिशन मक्सुद १२, चाडविक वाल्टन ११ र विलियम वोसिष्टोले १४ रन बनाउन सफल भए ।
बलिङमा ललित राजवंशी, जिमि निशम र मोहम्मद मोहसिनले क्रमशः २–२ हर्ष थाकर र शेर मल्लले १–१ विकेट लिन सफल भएका थिए । यो खेलको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार खेल्नेछ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया