युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाका एक सय सैनिक मारिएको दक्षिण कोरियाको दाबी

काठमाडौँ - दक्षिण कोरियाका एक सांसदले रुसको तर्फबाट युक्रेनविरुद्ध लड्दा कम्तीमा १०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको बताएका छन् । सांसद ली सुङ क्वोनले दक्षिण कोरियाको नेशनल इन्टेलिजेन्स सर्भिसले यसबारे संसदलाई जानकारी गराएको बताए ।
युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक पनि घाइते भएको उनले बताए । सांसद क्वोनले मारिनेमा धेरै उच्च सैन्य अधिकारी पनि रहेको बताए ।हालै एउटा रिपोर्ट आएको थियो जसमा भनिएको थियो कि युक्रेन विरुद्धको युद्धमा रुसको तर्फबाट १० हजार भन्दा बढी उत्तर कोरियाली सैनिक लडिरहेका छन् ।
सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि उत्तर कोरियाली सैनिकको मृत्यु भएको पुष्टि गरेको छ, यद्यपि मन्त्रालयले मृत्युको संख्या खुलासा गरेको छैन।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया