जसपाका सांसदको स्वीकारोक्ति : ओलीको संगतमा 'सन्त-महन्थ'हरू बिग्रिए

काठमाडौँ : जनता समाजवादी पार्टीको राजनैतिक किचलोले राष्ट्रिय सभाको बैठकमा प्रवेश पाएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिं यादवले प्रधानमन्त्री केपी शर्मा ओेलीको संगतमा परेर आफ्नो पार्टीका नेताहरुले छलछाम र जालझेल गर्न थालेको आरोप लगाएका हुन् ।
उनले भने,'संगतसे गुण होत हे संगत से गुणजात, सम्माननीय प्रधानमन्त्री ओलीज्यु संगतमा परेर हाम्रो पार्टीको सन्त-महन्तहरू पनि छलछाम जालझेल र जालसांजीमा महारथ हासिल गर्नुभएको छ ।'
जनता समाजवादी पार्टीका अध्यक्ष महत्थ ठाकुरले किर्ते गरेर, नक्कली कागजपत्र तयार गरेर आफूलाई एकल अध्यक्ष भएको दाबी गरेको बताए । सांसद यादव अहिले उपेन्द्र यादव समूहमा छन् । उनले वर्तमान प्रधानमन्त्रीलाई हिन्दी भाषाको एक उखानमा तुलना गर्दे कमौरव वंशको जस्तो अन्त्य हुने ठोकुवा गरे ।
सांसद यादवले हिन्दिमा राष्ट्रियसभाको बैठकमा भन्नुभएको हिन्दी भाषाको उखान यस्तो छ,'अहंकार से नास होत हे धर्म वैभव वंश, नमानो तो देखलो रावण कौरव कंस' ।

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

खानेपानीलाई सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

निजी विद्यालय नियमनको माग

राष्ट्रियसभा: प्रस्ताव स्वीकृत

बिपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले तयारी गर्नू : सभापति थापा

अर्थ समितिको आन्तरिक उत्पादन प्रवद्र्धन हुने गरि करका दरमा निर्णय लिन सरकारलाई …

संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर छः गृहमन्त्री ले…

प्रतिक्रिया