तस्करीको चिनी सहितको ई रिक्सा र चालक पक्राउ

रौतहट - जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले तस्करीको भारतीय चीनी सहितको ई रिक्सा बरामद गर्नुका साथै चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला सदरमुकाम गौर स्थित सिवाङ्गी पेट्रोल पम्पको अगाडी चेकजाँचको क्रममा प्रहरी गस्ती टोलीले बिहीवार २०० किलो अवैध भारतीय चिनि बोकेको ना २ ह १६८ नम्बरको ई रिक्सा बरामद गर्नुका साथै चालक गौर नगरपालिका ४ का ४५ वर्षीय बिन्देश्वर सहनीलाई नियन्त्रणमा लिएको हो।
बरामद चीनी,ई रिक्साको ३ लाख १४ हजार मूल्याङ्कन गरी चालक सहनी सहित आवश्यक कारबाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने

पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

१२ लाख बढी चोर्ने पोखराबाट पक्राउ

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

सात वर्ष लगाएर देवघाटमा बनेको विद्युतीय शवदाह सञ्चालनमा आउने

११ जनालाई डिएसपीवाट एसपीमा बढुवा गराउन सिफारिस

प्रतिक्रिया