एनआईसी एसिया बैंकका सञ्चालक संघई महासंघको उपाध्यक्ष निर्वाचित

काठमाडौं: एनआईसी एसिया बैंकका सञ्चालक तथा उद्यमी रामचन्द्र संघई देशभरका उद्यमी तथा व्यावसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित भएकोमा बैंकले शुभकामना दिएको छ ।
‘विगत तीन दशकदेखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा योगदानको कदर भएको छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । त्रिवेणी ग्रुपका अध्यक्ष संघईले महासंघमा रहेर समग्र निजी क्षेत्रको विकासमा योगदान गर्ने बैंकले उल्लेख गरेको छ । संघईलाई योगदान पु-याए बापत् गत वर्ष नेपाल सरकारले वहाँलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट विभूषित गरेको थियो ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

प्रतिक्रिया