सर्वोच्च अदालतमा उपस्थित गराइयो दुर्गा प्रसाईलाई

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । सर्वोच्चले चौबिस घन्टाभित्र प्रसाईंलाई उपस्थित गराउनू भन्ने यसअघिको आदेशपछि शुक्रबार उनलाई सर्वोच्चमा उपस्थित गराइएको सर्वोच्चका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिए ।
सर्वोच्चमा न्यायाधीशहरू नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासमा प्रसाईंको बन्दी प्रत्येक्षीकरणको मुद्दामा सुनुवाइ भइरहेको छ । प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बुवालाई प्रहरीले गैरकानुनी रूपमा हिरासतमा राखेको, जिल्ला अदालत काठमाडौंको आदेश पछि पनि हिरासतमै राखेको भन्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
त्यसमा सुनुवाइ गर्दै न्यायाधीश पोखरेलले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेका हुन् । यसमा निवेदकको माग अनुसार किन आदेश जारी हुनु नपर्ने हो, नपर्ने भए त्यसको आधार र कारणसहित प्रसाईलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश भएको थियो । यस मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रहरी प्रधान कार्यालय नक्साल, गृहमन्त्रालय र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएको छ।
अहिले प्रसाईंमाथि आपराधिक लाभ लिन नहुने कसुर र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ । उनले एक व्यक्तिलाई भारतमा परिचालन गरी व्यापारी तथा उच्चस्तरीय व्यक्तिलाई धम्की दिन लगाएको आरोप छ ।
यसअघि जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई मंसिर २७ गते साइबर अपराधमा ४० हजार धरौटी माग गरी छाडेको थियो । सिआइबीमा उनीविरूद्ध अर्को पक्राउ पुर्जी तथा अनुसन्धान भइरहेको हुँदा उनलाई पुन: पक्राउ गरी अनुसन्धान गरेको छ ।

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

आफताब आलमले पाए सफाइ

तीनकुनै प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिव…

बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

राप्रपा युवा संगठनका अध्यक्ष केसी रिहा

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

प्रतिक्रिया