सबै उमेर समूहलाई केन्द्रित गर्दै ‘द वन्डरल्यान्ड विन्टर’ कार्निभल कार्यक्रम हुने

द वन्डरल्यान्ड गेम जोनले वन्डरल्यान्ड कार्निभलको घोषणा गरेको छ ।
कार्यक्रम डिसेम्बर २४ देखि जनवरी १ सम्म हुनेछ । जहाँ परिवार र साथीहरूसँग सहभागी हुन सक्ने बताइएको छ । कार्यक्रममा अतिरिक्त खेलहरू, मस्कट परेड, सान्ता क्लॉजको उपस्थिती, बिङ्गो सत्र, लक्की ड्रा, खेल प्रतियोगिता, खाने चुनौती, लाइभ ब्यान्ड, संगीत प्रस्तुतिहरू, डिस्को नाईट जस्ता रोमाञ्चक गतिविधिहरू आयोजकले जनाएको छ ।
कार्यक्रम अन्तरगत वन्डरल्यान्डको एक वर्षको सफलता मनाउनका लागि पनि उपस्थित भएको जनाएको छ ।
कर्निभल एक वर्षमा प्राप्त गरेको सफलताको उत्सव मनाउदै भविष्यमा पनि वन्डरल्यान्डमा यस्ता उत्सव र मनोरन्जनात्मक कार्यक्रमहरूको आयोजना गर्ने घोषणा साथै विभिन्न कार्यक्रम मार्फत झन शसक्त र सुधार गर्दै जाने जनाएको छ ।
नेपालको एक शीर्ष रमाइलो पार्क वन्डरल्याण्ड नेपालमा हरेक उमेर समूहका लागि रमाईलो आकर्षणहरू प्रदान गर्न सफल भएको छ ।
थ्रिल राइड्सदेखि लिएर पूर्णतः डुब्दो भर्चुअल रियालिटी अनुभवसम्म सबैका लागि आकर्षक गतिविधिहरू उपलब्ध हुने जनाएको छ । मनोरञ्जनको खोजी गर्ने नेपाली र पर्यटकहरूका लागि वन्डरल्यान्ड नेपालले उत्कृष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको आयोजकको दाबी छ ।

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

प्रतिक्रिया