राप्रपा केन्द्रीय कार्यसम्पादन बैठक आज पनि

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।
अध्यक्ष राजेन्द्र लिङ्देन पेश गरेका छलफलका एजेण्डामा बहस नसकिए पछि आज पनि बस्न लागेको हो । बैठक १ बजे बोलाइएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हिजोबाट सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तह उपनिर्वाचनको समीक्षा र पार्टीको स्थानीय तहको अधिवेशनका विषयमा छलफल चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार जारी बैठकमा पृथ्वी जयन्ती अर्थात एकता दिवस र पार्टीका विभिन्न कार्यविधिलगायत विधि विषयमा पनि निर्णय लिने तयारी रहेको छ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया