'डिर्भोस र मनमुटाव'को हल्ला चिर्दै सँगै देखिए अभिषेक-ऐश्वर्या

मुम्बई- हालै सामाजिक सञ्जालमा ऐश्वर्या राई र अभिषेक बच्चनका धेरै भिडियोहरू आएका छन् ।
यो जोडीको पछिल्लो भिडियोहरू सार्वजनिक हुने बित्तिकै उनीहरू भाइरल भएका छन । यी भिडियोहरू दम्पतीकी छोरी आराध्याको वार्षिक समारोहका थिए, जसमा बच्चन परिवार सहभागी भएको थियो।
यस क्रममा ऐश्वर्या र अभिषेक मात्रै नभई आफ्नी नातिनीको वार्षिक समारोहमा अमिताभ बच्चन पनि सँगै देखिएका थिए । यसैबीच, आज आराध्याको स्कुल फंक्शनको दोस्रो दिन थियो र यसै क्रममा बच्चन बुहारी र छोरा फेरि एकसाथ देखिए ।
वास्तवमा ऐश्वर्या राय र अभिषेक बच्चनबीच केही पनि राम्रो नभएको र सम्बन्धविच्छेद गरेर यो जोडी अलग हुने हल्ला लामो समयदेखि चलिरहेको थियो । यस्तो हल्ला पहिलो पटक बाहिर नआए पनि लामो समयदेखि यस्तै कुराहरू भइरहेका थिए । जोडीको भिडियो सार्वजनिक हुने बित्तिकै सबैले झुटो अफवाहको जवाफ पाएका छन् ।
सामाजिक सञ्जालमा ऐश्वर्या राई र अभिषेक बच्चनको नयाँ भिडियो सार्वजनिक भए पछि उनीहरूका फयानहरू पनि खुसी भएका छन । ती भिडियोहरूमा ऐश्वर्याकी आमा अर्थात् आराध्याकी हजुरआमा पनि नातिनीको वार्षिक समारोहमा सहभागी भएकी छन् । यस क्रममा ऐश्वर्या आफ्नी आमासँग देखिएकी थिइन् । भिडियोमा अभिषेक बच्चन पनि देखिएका छन् ।
समय समयमा ऐश्वर्या राई र अभिषेक बच्चनको बिछोडको चर्चा सुन्ने गर्दथ्यौ तर अब यी भिडियोहरू आएपछि सबैले आफ्नो जवाफ पाएका छन् र अब सबैलाई थाहा भएको छ कि यो जोडीको सबै कुरा ठिक छ । सबन्ध बिच्छेद र मनमुटावका हल्ला हल्ला मात्रै हुन् ।

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

प्रतिक्रिया