श्रीलंकाको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

कोलम्बो- श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५ दशमलव ५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैङ्कले प्रक्षेपण गरेको छ ।
राष्ट्र बैङ्कका अनुसार कृषि गतिविधि ३ प्रतिशत, उद्योग १० दशमलव ८ प्रतिशत र सेवा गतिविधि २ दशमलव ६ प्रतिशतले बढेको छ ।
अक्टोबर सन् २०२४ मा चिया उत्पादनमा गिरावट भए तापनि कुल उत्पादन जनवरी र अक्टोबर बीचमा थोरै वृद्धि भएको छ ।
रबर उत्पादनले अक्टोबरमा उल्लेखनीय वार्षिक वृद्धि हासिल गर्दै स्थिर सुधार देखाएको केन्द्रीय बैङ्कले जनाएको छ ।
सन् २०२४ को पहिलो दश महिनामा नरिवलको उत्पादन वर्षैपिच्छे घटेको केन्द्रीय बैङ्कले जनाएको छ ।
गत वर्ष डिसेम्बर २० सम्ममा अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ १० दशमलव ७ प्रतिशतले बढेको केन्द्रीय बैङ्कले जनाएको छ । (सिन्ह्वा)
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया