शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

एनपिएल फाइनल हेर्न कांग्रेस सभापति कीर्तिपुर क्रिकेट मैदानमा

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) फाइनल खेल हेर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका छन्।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनल खेल हेर्न उनी कीर्तिपुर मैदान पुगेका हुन्।

जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जित्दै पहिला ब्याटिङ गरेर १ सय ८५ रनको विशाल लक्ष्य दिएको छ।