एसएसबीबाट नेपाली युवक कुटिए, नेपाल-भारत सीमामा दिनभर तनाव

काठमाडौँ : रौतहटको मुख्य नाका गौर बैरगनिया मितेरी पुलमा भारतीय एसएसबीले एक नेपाली युवकलाई कुटपिट गरेपछि नेपाल-भारत सीमा सोमबार दिनभर तनावग्रस्त बनेको छ । गौरबाट सीमापारी बैरगनिया जान लागेका गौर नगरपालिका-५ का गौतम दुलाललाई भारतीय एसएसबीले कुटपिट गरेपछिस्थिती तनावग्रस्त बनेको हो ।
कोभिड महामारीका कारण विगत डेढ वर्षदेखि बन्द रहेको गौर बैरगनिया मुख्य सडक बाढीकारण विगत तीन दिनदेखि पैदल आवतजावत गर्न सुरु भएपनि सोमबार बिहानैदेखि भारतीय एसएसबीले बन्द गरेको स्थानीयले बताएका छन् । कोभिडकालदेखि नै गौर बैरगनिया नाका ठप्प रहे पनि सर्वसाधारणहरू चोर बाटो भएर आवतजावत गर्ने गरेका छन् ।
तर, वर्षा र बाढीका कारण छेउछाउमा पानी जमेपछि बाध्यताले मुख्य बाटो रोज्न भारतीय एसएसबीलाई दबाब दिएपछि तीन दिनअघि पैदल आवतजावत गर्न खुल्ला गरिएको थियो । सीमा क्षेत्रमा भारतीय क्षेत्रमा समेत एसएसबीले सोझै बाटो प्रयोग नगरी सर्वसाधारणलाई तल्लो भागबाट आवतजावत गर्न लगाएका थिए ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया