श्रीलंकामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २० भन्दा बढी घाइते

काठमाडौँ - श्रीलंकाको मध्य प्रान्तको ह्याटन–क्यान्डी मुख्य सडकमा रहेको मल्लवामा शनिबार एउटा यात्रुबाहक बस खाल्डोमा खस्दा तीन जनाको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएको प्रहरीले जनाएको छ ।
घटनाको समयमा बसमा २५ यात्रु सवार थिए र सबै यात्रु घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
घाइते तीन जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने बाँकी यात्रुको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
मोटर सवारी दुर्घटनाहरू श्रीलंकामा बारम्बार हुने घटनाहरू हुन् । आधिकारिक तथ्यांक अनुसार यस वर्ष जनवरी १ र अक्टोबर २५ बीच सडक दुर्घटनाहरूमा लगभग दुई हजार मानिसहरूको मृत्यु भएको छ ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया