एन.पि.एल.ले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको छ : मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिग (एन.पि.एल.)ले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको बताएका छन् । उनले यस्ता प्रतियोगिता बाट खेल पर्यटनलाई बढावा दिने आधार तयार भएको उल्लेख गरेका छन् ।
एन.पि.एल.मा जनकपुर वोल्टस्ले जित हासिल गरेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले एनपिएलले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपालका खेलाडी थप तयार छन् भन्ने सन्देश संसारसामु पुगेको बताए । खेलले एकता, सद्भाव र सहिष्णुताको भावना विकसित गर्ने गरेको उल्लेख गर्दै उनले एन.पि.एल. र यस्ता प्रतियोगिताले नेपाली क्रिकेटको अब्बल स्तरलाई दर्शाएको उल्लेख गरे ।
एन.पि.एल.को अन्तिम तथा निर्णायक खेलमा जनकपुर बोल्ट्सको जितले प्रदेशका खेलाडीहरूको आत्मबल, प्रतिष्ठा तथा उत्साहमा वृद्धि भएको मुख्यमन्त्री सिंहको भनाइ थियो । उनले प्रदेशको धार्मिक तथा सांस्कृतिक सहर जनकपुरधाम सँग जोडिएको नाम र प्रदेशवासीकै भाव बनेको जनकपुर बोल्ट्स विजयी हुँदा मधेश प्रदेशका बासिन्दामा रहेको खेलप्रतिको निष्ठा अभिव्यक्त भएको बताए ।
मुख्यमन्त्री सिंहले प्रतियोगिता अवधिभर जनकपुर बोल्ट्सले गरेको उत्कृष्ट र आनन्दायक प्रदर्शन बाट प्रदेशवासीमा अन्तिम खेलसमेत जित्ने विश्वास पलाएको र टोली आफ्नो कुशल रणनीति, उच्च मनोबल र धीरतापूर्ण खेलबाट प्रदेशवासीको भरोसामा खरो उत्रेको उल्लेख गरे । मुख्यमन्त्री सिंह जनकपुर बोल्ट्सको हौसला बढाउन आज काठमाडौं स्थित त्रि.वि. क्रिकेट मैदानमै पुगेका थिए । मधेश प्रदेशको खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री सिंहले बताए । - रासस

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

प्रतिक्रिया