आज देखी काठमाडौंमा मिडिया सम्मेलन हुँदै

काठमाडौँमा आज देखी सञ्चार र मिडियासम्बन्धी सम्मेलन हुने भएको छ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा आजबाट दुई दिने सो सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा पत्रकारिता, मिडिया र सञ्चारसँग सम्बन्धित एक दर्जनभन्दा बढी अनुसन्धान प्रस्तुत गरिदैँछ । सम्मेलनमा भारत, बङ्गलादेश र श्रीलङ्काका विज्ञहरूको प्रस्तुति रहनेछ । यस सम्मेलनमा कृत्रिम बौद्धिकता युगमा मिथ्या सूचना विरुद्धको लडाइ, मिडिया र भ्रष्टाचार, पत्रकारिताको भविष्य, मिडिया र राज्यको सम्बन्ध, पत्रकारिताको दिगोपनाबारे सम्बन्धित क्षेत्रका विज्ञ, पत्रकार र अनुसन्धानकर्ताहरूबीच छुट्टाछुट्टै संवाद गर्ने कार्यक्रम छ ।

गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने

पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

१२ लाख बढी चोर्ने पोखराबाट पक्राउ

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

सात वर्ष लगाएर देवघाटमा बनेको विद्युतीय शवदाह सञ्चालनमा आउने

११ जनालाई डिएसपीवाट एसपीमा बढुवा गराउन सिफारिस

प्रतिक्रिया