चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित

चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका-१ मकैसिङकी रमिला चेपाङ सम्मानित भएकी छन्। शनिबार इच्छाकामना न्युज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना-३ चुम्लिङटारमा उनी सम्मानित भएकी हुन् ।
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मान पत्र प्रदान गरेका थिए । मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको स्रोत बनेको बताए ।
विसं २०४८ कात्तिक ७ गते बेनिघाट–रोराङ गाउँपालिका-६ धादिङमा जन्मिएका रमिला २०६६ सालमा गोरखाको गण्डकी गाउँपालिका-१ मा विवाह गरेर भएकी हुन् । उनी स्नातकोत्तर तह (एमएड) उत्तीर्ण गर्ने चेपाङ समुदायबाट जिल्लाकै पहिलो बनेकी छन् । रमिला २०७६ सालदेखि शिक्षण पेसामा आबद्ध छिन् ।

गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने

पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

१२ लाख बढी चोर्ने पोखराबाट पक्राउ

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

सात वर्ष लगाएर देवघाटमा बनेको विद्युतीय शवदाह सञ्चालनमा आउने

११ जनालाई डिएसपीवाट एसपीमा बढुवा गराउन सिफारिस

प्रतिक्रिया