रबि लामिछानेलाई कास्की जिल्ला अदालत लगियो

पुर्व गृह मन्त्री रबि लामिछाने बिरुद्ध आज मुद्धा दर्ता गरिदैँछ । त्यसका लागि लामिछानेलाई जिल्ला अदालत, कास्की लगिएको छ । केही बेरमा उनी बिरुद्ध मुद्धा दर्ता गरिनेछ ।
सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका लामिछाने विरुद्ध आज मुद्दा दर्ता गरिन लागिएको हो ।
जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनी माथी छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको छ ।
सहकारी ठगिमा लामिछाने माथीको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै गत पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो । चार दिनको म्याद गत शुक्रबार सकिए पन िशनिबार सार्वजनिक बिदा भएकाले आइतबार मात्रै अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो ।
कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आइतबारसम्म समयसीमा भएकाले आजै मुद्धा दर्ता गर्न लागिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया