आइएमई पेबाट ट्राभल बुकिङमा १००% क्यासब्याकको अफर

नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे”ले आउँदै गरेको क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारी ट्राभल बुकिङमा १००% क्यासब्याक अफर सार्वजनिक गरेको छ ।
पुष ५ गते देखि पुष १७ गते सम्म १३ दिनको लागि चल्ने अफर अन्तर्गत सेवाग्राहीहरुले आइएमई पे मार्फत आन्तरिक हवाई टिकट, बस टिकट र केबलकार टिकट खरिदमा दैनिक १००% क्यासब्याक जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
अफर अन्तराल भरी हरेक दिन आइएमई पेबाट आन्तरिक हवाई टिकट काट्ने १ जना भाग्यशाली सेवाग्राही, बस टिकट काट्ने ३ जना भाग्यशाली सेवाग्राही र केबलकार टिकट काट्ने १० जना भाग्यशाली सेवाग्राहीले खरिद गरिएको टिकट मुल्यको १००% क्यासब्याक जित्ने मौका रहेको छ। विजेताहरु दैनिक लक्की ड्र मार्फत छानिनेछन्।
“यस्ता ग्राहकमैत्री अफरहरु प्रदान गरेर, हामी हाम्रा सेवाग्राहीहरूका लागि कुनै पनि चाडपर्व र सिजनलाई अझ विशेष बनाउने आशा गर्दछौं। हामी सबैलाई यस अवसरको फाइदा उठाउन र डिजिटल भुक्तानीको सुविधा र फाइदाहरू अनुभव गर्न प्रोत्साहित गर्दछौं”, आइएमई पेका एक अधिकारीले बताए ।

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_P8L1YBVFSU_gbs77wxy76bao6cehivnomiyqkliknmbakwqsrnragichvx0ss4zwlwuaadm.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

प्रतिक्रिया