‘दोस्रो एनपिएल थप व्यवस्थित र उत्कृष्ट बनाइने’

काठमाडौँ - युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अहिलेको भन्दा थप व्यवस्थित र उत्कृष्ट बनाइने बताएका छन् । यसका लागि सरकारका तर्फबाट लागिपर्ने उहाँले प्रतिबद्धता व्यक्त गरे ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा मन्त्री चौधरीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिए । रङ्गशाला अत्याधुनिक बनाउन स्रोत सुनिश्चित भएको उनले बताए । खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठूलो चुनौती भौतिक पूर्वाधार रहेको उल्लेख गर्दै मन्त्री चौधरीले आफ्नो मन्त्रालयको कुल बजेट रु तीन अर्ब ५० करोड रहेकाले खेलकुद र खेलाडीको वृत्तिविकासका लागि अपेक्षाकृत काम गर्न नसकिएको बताए ।
मन्त्री चौधरीले मूलपानी, विराटनगर क्रिकेट रङ्गशाला र कीर्तिपुर रङ्गशालामा गरी कुल रु १२ अर्बभन्दा बढीको लागत लाग्ने जानकारी दिए । सातै प्रदेशमा तत्काल क्रिकेट रङ्गशालाको खाँचो औँल्याउँदै उनले भने, “क्रिकेटका तीनवटा रङ्गशाला राष्ट्रिय गौरवको योजनामा छन् । तीनवटै रङ्गशालाको बजेट करिब रु १२ अर्ब पेस भएको छ ।”
सरकारले खेलाडीको वृत्तिविकास, मनोबल उच्च बनाउन र खेलाडीको आर्थिक अवस्था बलियो बनाउन नीतिगत निर्णय गर्ने मन्त्री चौधरीको भनाइ थियो । बैङ्कर्स सङ्घ, आयल निगम, विद्युत् प्राधिकरणलगायत संस्थाहरुसँग खेलाडीको वृत्तिविकास र रोजगारीका लागि छलफल भइरहेको उनले जानकारी दिए ।
खेलकुद क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार निर्माणको आवश्यकता रहेको बताउँदै मन्त्री चौधरीले काठमाडौँ उपत्यकाभित्रै फुटबलका लागि नयाँ रङ्गशाला निर्माण गर्न उपयुक्त स्थानको खोजी भइरहेको बताए ।

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_LLEX9Vreec_id575usoietdrtsruay6baycrj6dzxyuzhcve6ejcwcxa7m0x2e1khahdrjg.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

प्रतिक्रिया