जनकपुर बोल्ट्सले एलओडीमा मनायो विजय उत्सव (तस्वीरहरू)
काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सको टोलीले जितको सुखीमा ठमेलमा रहेको लर्ड अफ द ड्रिङ्स (एलओडी)मा विजय उत्सव मनाएको छ ।
आइतबार जनकपुर बोल्ट्सका टिमसहित लर्ड अफ द ड्रिङ्स (एलओडी)मा विजय उत्सव मनाएका हुन् ।
उनीहरूले आफ्नो विजय उत्सवमा कमेन्टेटर एन्ड्रयू लियोनार्डलाई पनि लिएर एलओडीमा पुगेका छन् ।
साथै जनकपुरलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका जिमी निसमले नेपालको राष्ट्रिय झण्डासहित स्टेजमा देखिएका थिए ।
एलओडीमा मनाइएको विजय उत्सवमा जनकपुर बोल्ट्सका सदस्यहरू स्टेजजमै पुगेर नाचेका थिए ।
शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स च्यापियन्स बन्न सफल भएको थियो ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया