टोटनह्यामको पोष्टमा लिभरपुलको ६ गोल

काठमाडौँ- लिभरपुलले इङलिश प्रिमियर लिगमा आफ्नो शानदार प्रदर्शनलाई निरन्तरता दिएको छ । गएराति भएको खेलमा लिभरपुलले टोटनह्यामको पोष्टमा ६ गोल गरेको छ । सो खेल लिभरपुलले ६-३ गोल अन्तरले जितेको थियो ।
लिभरपुलका लागि मोहमद सलाह र लुइस डियाजले २-२ गोल गरेका थिए भने एलेक्सिस म्याक एलेस्टर र डोमिनिक जोबोस्लाईले एक एक गोल गरेका थिए । त्यसैगरी टोटनह्यामका लागि जेम्स म्याडीसन, डेजान कुलुसेभ्सकी र डोमिनिक सोलांकले एक एक गोल गरेका थिए ।
यो जितपछि लिभरपुलको १६ खेलमा ३९ अंक भएको छ र लिगको शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी टोटनह्यामको भने यस सिजनमा यो आठौँ हार हो । यो हारपछि टोटनह्यामको १७ खेलमा २३ अंक रहेको छ र लिगमा ११औं स्थानमा झरेको छ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया