व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
इनरुवा (सुनसरी)- सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे । जग्गा भाडामा लिएर उनले आफू सहित दुईजनाको साझेदारीमा रु ३१ लाख लगानी छ बिघा क्षेत्रफलमा पोखरी बनाएका हुन् ।
पोखरीमा बिगेट, रेहु, नैनी, कोमन , पंगास(बैखी) जातको माछा पालिएका छन् । उनले भने,“ वार्षिकरुपमा रु ११ लाखसम्म आम्दानी भएको छ ।”
पोखरीबाट वार्षिकरुपमा बिगेट, रेहु, नैनी, कोमन प्रजातिको ५० क्विन्टल माछा उत्पादन भएको छ भने पंगास(बैखी) जातको एक सय क्विन्टल उत्पादन भएको उनले बताए । पछिल्लो समय व्यवसायी कटुवालले परम्परागतसँगै नयाँ प्रजातिका माछा उत्पादन गर्दै आउनुभएको छ ।
जिल्लाका विभिन्न स्थानमा पंगासअर्थात् बैखी माछापालनमा आकर्षण देखिएको छ । किसानले यसको व्यावसायिक उत्पादन सुरु गरेको उनको भनाइ छ । कम क्षेत्रफलमा थोरै लगानीले यो जातको माछा बढी उत्पादन हुने भएकाले यो माछापालनतर्फ स्थानीय किसानको आकर्षण बढी रहेको उनको भनाइ छ ।
सबै उमेर समूहका मानिसले यसको स्वाद मन पराउन थालेपछि पंगास माछापालनलाई व्यावसायिक रूपमा गर्दै आएको उहाँले जानकारी दिनुभयो । परम्परागत माछाभन्दा पंगासको उत्पादन र उत्पादकत्व क्षमता बढी रहेको उजले जानकारी दिए ।
पंगास माछापालनको क्षेत्रफल वार्षिकरुपमा बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाले जनाएको छ । सुनसरीमा पाँच सय ८२ हेक्टर क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको केन्द्रका निमित्त कार्यालय प्रमुख डा. मनोजकुमार महतोले जानकारी दिए । रासस

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_xrITX4RRAL_0vtbpde7vvcmmrgzn7vcjutj9mmvrotrimla4gyq1zu2q8jedebmid3ogvh9.jpg)
ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो

प्रतिक्रिया