टरिगाउँ विमानस्थल विस्तारको प्रयास

दाङ- तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भएको छ । सत्ता साझेदार दलका नेताहरुले विमानस्थल विस्तारको प्रयास थालेका हुन् ।
आइतबार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल र नेपाली कांग्रेसका नेता पूर्वसिँचाईमन्त्री एवं दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दीपक गिरीले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर टरीगाउँ विमानस्थल धावन मार्गको स्तरोन्नतिका लागि छलफल गरेका हुन् ।
उहाँहरूले धावनमार्ग विस्तारका लागि बजेटका साथै जग्गा व्यवस्था गर्न अनुरोध गर्दै विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) पनि प्रस्तुत गरेका थिए ।
पूर्वमन्त्री गिरीका अनुसार विमानस्थल विस्तारका लागि रु तीन अर्ब, ४२ करोड २८ लाख लाग्ने अनुमानसहित मन्त्री पाण्डेयसमक्ष डिपीआर प्रस्तुत गरिएको हो । सात सय ५० मिटर लामो धावनमार्गलाई एक हजार पाँच सय मिटरमा विस्तार गर्ने प्रस्ताव डिपीआरमा भएको छ । रासस

लुम्बिनीको नीति तथा कार्यक्रम : सन्तुलित तथा विशेषतायुक्त विकासमा प्राथमिकता

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_8PIYLFHVaT_atppxcek0p0xbespwhxpquysdoh8c0kmjrq9dk677nmixeqicfpjq6qwxegc.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_yras5GqMEm_ljal6itubsxobzz06vzuuqf9bfeepvkown23xfmcq7ix2vi0ltpdjcsi7bsl.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

प्रतिक्रिया