मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प

वासिङ्टन- आगामी ट्रम्प प्रशासनका महत्वपूर्ण पात्र एलन मस्क कुनै दिन राष्ट्रपति बन्न सक्ने सम्भावना नरहेको आइतबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले बताएका छन् ।
ट्रम्पले अमेरिकी नियमलाई इंगित गर्दै मस्कले अमेरिकी राष्ट्रपति लड्ने सम्भावना नरहेको बताएका हुन् ।
एरिजोनाको फिनिक्समा आयोजित रिपब्लिकन पार्टीको सम्मेलनमा ट्रम्पले भने, “उहाँ राष्ट्रपति हुनुहुने छैन । यो कुरा म तपाईलाई भन्न सक्छु ।"
“तपाईलाई थाहा छ उहाँ किन अमेरिकी राष्ट्रपति हुन सक्नुहुन्न ? उहाँ यो देशमा जन्मनुभएको थिएन”, ट्रम्पले टेस्ला र स्पेसएक्सका मालिकबारे भने, उनी दक्षिण अफ्रिकामा जन्मिएका थिए ।
अमेरिकी संविधानमा राष्ट्रपति हुनका लागि अमेरिकामा जन्मेको अमेरिकी नागरिक हुनुपर्ने व्यवस्था छ ।
ट्रम्पले विशेष गरी डेमोक्र्याटिक समूहको आलोचनाको जवाफ दिँदै प्रविधि क्षेत्रका अर्बपति व्यवसायी र विश्वको सबैभन्दा धनी व्यक्तिलाई ‘राष्ट्रपति मस्क’ को रूपमा चित्रण गरेका थिए।
ट्रम्पको ‘दक्षताको शक्ति’ को रूपमा काम गर्ने मस्कको प्रभावले गर्दा डेमोक्र्याटिकहरूले मस्कविरोधी प्रचारलाई केन्द्रित गर्दै एक अनिर्वाचित नागरिकले कसरी यति धेरै शक्ति प्रयोग गर्न सक्छ भन्ने प्रश्नहरू उठाएका देखिन्छ ।
मस्कले आफ्नो सोसल मिडिया प्लेटफर्म एक्समा २० करोडभन्दा बढी डेमोक्र्याटक ‘शुभचिन्तक’ लाई यस हप्ता सरकारी कोषको प्रस्तावलाई रद्दीको टोकरीमा हालेपछि रिपब्लिकनहरूबीच आक्रोश पनि बढेको छ । (एएफपी)
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया