वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं - वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पुर्नेहरूमा गोरखा पालुङटार नगरपालिका-७ च्याङली घर भई काठमाडौं टोखा ग्रिनल्याण्ड बस्ने २८ वर्षीय किशान कुमाल र खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ ओख्रे घर भई काठमाडौं बसुन्धारा बस्ने ३३ वर्षीय युवक खड्का रहेका छन् ।
पक्राउ मध्ये किसानले इजरायल पठाइदिन्छ भन्दै ४ जना पीडितहरूबाट ३३ लाख ५० हजार रूपैयाँ र युवकले मलेशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले किसानलाई काठमाडौं टेकुबाट शुक्रबार र युवकलाई काठमाडौं रत्नपार्कबाट शनिवार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_BUBx280rsV_my2leokmcbolvm0hsx2la9submknzrmh1cmf24hr7pmkrgdcs2z8chjtx20e.jpg)
तीन महिनामा २३०० बढी विपद्जन्य घटना

सामुदायिक विकास परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

सात लाख बढी घुससहित वन अधिकृत पक्राउ

राशिफलमा यस्तो हुनेछ तपाईंको भाग्य

गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने

पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

प्रतिक्रिया