शक्ति समूहकी संस्थापक सुनिता दनुवारको साँझ अन्त्येष्टि गरिने

काठमाडौँ - शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आजै अन्त्येष्टि गरिने भएको छ । उनकाे सोमबार साँझ ५ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने महिला अधिकारकर्मी नानीमैया थापाले जानकारी दिइन् ।
मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको हो ।
राति खाना खाएर सुतेकी दनुवार बिहान ५ बजे ओछ्यानमै मृत अवस्थामा भेटिएकी थिइन् । श्रीमानका अनुसार बिहान ५ बजे आफू उठेर पसल जानुअघि सुनितालाई उठाउन खोज्दा नबोलेपछि शरीर छाम्दा चिसो भइसकेको र अस्पताल पुर्याउँदा मृत घोषणा गरिएको थियो ।
सुनिताका श्रीमान र एक छोरी छन् ।आफै मानव बेचबिखनबाट पीडित उनी अहिले मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय थिइन् ।
२०५६ सालमा चरिमाया तामाङसहित बम्बैबाट उद्धार गरी नेपाल ल्यापछि उनीहरूकै पहलमा बेचबिखन प्रभावित महिलाहरुले स्थापना गरेको विश्वकै पहिलो मावनबेचबिखन विरुद्धको संस्था शक्ति समूह बनेको हो ।
पछिल्लो समय उनी सुनिता फाउण्डेशन स्थापना गरेर सोही संस्थामार्फत बेचबिखन विरुद्ध क्रियाशील थिइन् । दनुवार अमेरिकी विदेश मन्त्रालयबाट २०१८ को ‘टिप हिरो’ को रूपमा सम्मानित भएकी थिइन् । उनी विभिन्न अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेकी छन् ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_BUBx280rsV_my2leokmcbolvm0hsx2la9submknzrmh1cmf24hr7pmkrgdcs2z8chjtx20e.jpg)
तीन महिनामा २३०० बढी विपद्जन्य घटना

सामुदायिक विकास परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

सात लाख बढी घुससहित वन अधिकृत पक्राउ

राशिफलमा यस्तो हुनेछ तपाईंको भाग्य

गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने

पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

प्रतिक्रिया