अन्ततः पाकिस्तानले भारतसँगको क्रिकेट दुबईमा खेल्ने

इस्लामबाद - पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफी भारतसँग खेल्नका लागि तटस्थ स्थानको रूपमा दुबईलाई रोजेको छ ।
आयोजक पाकिस्तानले आफ्ना प्रतिद्वन्द्वीका लागि खाडी राष्ट्रलाई तटस्थ स्थानको रूपमा चयन गरेपछि भारतले अर्को वर्ष युएईमा च्याम्पियन्स ट्रफी खेल खेल्ने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ।
तिक्त राजनीतिक सम्बन्धका कारण सन् २००८ देखि भारतीय टोलीले पाकिस्तान भ्रमण गरेका छैनन् । र, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सरकारी सल्लाहलाई उद्धृत गर्दै च्याम्पियन्स ट्रफीका लागि आफ्नो टोली पाकिस्तान नपठाउने निर्णय गरेको थियो ।
गत वर्ष ५० ओभरको आईसीसी विश्वकपका लागि पाकिस्तानले भारत भ्रमण गरे पनि भारत भने पाकिस्तान जान अस्वीकार गरिरहेको छ । दुई देशले बहु टोली प्रतियोगितामा मात्र एकअर्कासँग खेल्दै आएका छन् ।
‘पाकिस्तान क्रिकेट बोर्डले संयुक्त अरब इमिरेट्स (युएई) लाई तटस्थ स्थानको रूपमा रोजेको छ,’ पीसीबीका प्रवक्ता अमिर मिरले जानकारी दिदैँ भने । आठ टोलीको च्याम्पियन्स ट्रफी अर्को वर्ष फेब्रुअरी र मार्चमा हुँदैछ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_w9YBk6jy3L_yadiuygr6jffhpid7e2vtzwvb1khtzld9kzj9rhoolctqwlknikkdtbgueih.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया