रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ ।
केन्द्रीय कार्यालय, वनस्थलीमा जारी आकस्मिक सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।
सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि रास्वपाले सचिवालय बैठक बोलाएको थियो, जस पछि बोलाइएको बैठकमा लामिछानेको अनुपस्थितिमा पार्टीको काम कारबाही अघि बढाउन अर्याललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।
सरकारी वकिल कार्यालय, कास्कीले रवि माथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा मुद्दा दर्ता गरेको छ । जसका कारण उनी अझै हिरासत मुक्त हुने वा नहुने टुंगो नभए पछि अर्यालले सो जिम्मेवारी पाएका हुन ।
आजबाट जिल्ला अदालत कास्कीमा लामिछानेको बयान सुरु भएको छ ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया