सभापतिले सुन्दै नसुन्ने हो भने अप्ठेरो पर्छ : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै केही कुरा नसुन्ने हो भने अप्ठेरो पर्ने बताएका छन् ।
कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्तीका अवसरमा सोमबार भएको कार्यक्रममा कोइरालाले सभापतिले नै गुटलाई फस्टाइदिने काम गरेको बताए ।
‘अहिले पार्टीमा विचलन छ, हामीले स्वीकार्नुपर्छ । शेखर पनि भागवण्डामा लागेको कुरा यहाँ आयो, ६०–४० को भागवण्डा । भागवण्डा भनेर चुप लागेर बस्ने त होइन नि !’
‘सभापतिले केही पनि सुन्दै नसुन्ने हो भने अप्ठेरोमा पर्छ । राजनीति गर्नेहरूलाई अप्ठेरो पर्छ, यो हामीले बुझ्न जरुरी छ । सभापति किसुनजीको पनि अनुयायी हो । गुटलाई फस्टाइदिने काम उहाँले नै गर्दा अप्ठेरो परिस्थिति सिर्जना हुँदै रहेछ,’ उनले भने ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया