बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

नयाँ बानेस्वरमा खुल्यो ‘पिङ्क पुतली’ रेष्टुरेन्ट, सांगीतिक कार्यक्रमसहित ग्राण्ड ओपनिङ्ग हुँदै

काठमाडौँ- पछिल्लो समय काठमाडौँमा रेस्टुरेन्टमा बसेर मिठा मिठा परिकारको स्वाद लिंदै लाइभ म्युजिक सुन्नेहरुको संख्या बढेको छ । संगीत पारखीहरुको लागि नयाँ बानेस्वरमा ‘पिङ्क पुतली’ नामक रेस्टुरेन्ट खुलेको छ । काठमाडौँमा पहिलो पटक रेस्टुरेन्टले ग्राण्ड ओपनिङ्ग चर्चित कलाकारहरुको सांगीतिक कार्यक्रमबाट गर्दैछ ।

नयाँ बानेस्वर एभरेस्ट होटलसंगै पिसी कम्प्लेक्समा रहेको रेस्टुरेन्ट ‘पिङ्क पुतली’ मा गायिका अन्जु पन्त, गायक कमल खत्री, गायिकाहरु एलिना चौहान, रचना रिमाल, अस्मिता अधिकारी, गायकहरु महेश काफ्ले, राहुल रक्स, गायिका सृस्टी राउत, किसन सिजापतिको सांगीतिक प्रस्तुति रहनेछ । 
डिसेम्बर २४ तारिख देखि जनवरी १ सम्म दैनिक सांगीतिक कार्यक्रम हुने रेस्टुरेन्ट सन्चालकले बताए । ‘पिङ्क पुतली’ मा खानाका बिभिन्न परिकार संगै सांगीतिक मजा लिनको लागी टेबल बुकिङ्ग समेत सुरु भई सकेको छ ।