तेल चुहावटले दुई लाख टन माटो प्रदूषित गरेको हुनसक्ने रुसको भनाइ

मस्को- यस महिना दक्षिणी रुसको तटमा दुई क्षतिग्रस्त ट्याङ्करबाट फैलिएको तेलले दुई लाख टन माटो प्रदूषित भएको हुनसक्ने रुसका प्राकृतिक स्रोतमन्त्रीले सोमबार बताएका छन् ।
“प्रदूषित माटोको मात्रा दुई लाख टनसम्म पुग्नसक्छ”, अलेक्जान्डर कोज्लोभले टेलिग्राममा ज्वेज्दा च्यानलद्वारा प्रसारण गरिएको बैठकमा भने ।
डिसेम्बर १५ मा दुई रूसी तेल ट्याङ्कर भोल्गोनफ्ट–२१२ र भोल्गोनफ्ट–२३९ केर्च स्ट्रेटमा आँधीबेहरीको चपेटामा परेका थिए । तीमध्ये एउटा डुबेको थियो र अर्को किनारामा पुगेको थियो ।
यो जलडमरूमध्यले दक्षिणी रुसलाई क्रिमियाको युक्रेनी प्रायद्वीपबाट अलग गर्दछ । क्रिमियालाई रुसले सन् २०१४ मा कब्जा गरेको थियो ।
रूसी अधिकारीहरूका अनुसार जहाजहरूमा नौ हजार दुई सय टन इन्धन तेल थियो र त्यसमध्ये करिब ४० प्रतिशत समुद्रमा पोखिएको हुनसक्छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता यसलाई ‘पर्यावरणीय विपत्ति’ भनेका थिए ।
दर्जनौँ किलोमिटरको समुद्र तटमा इन्धन तेल फेला परेको थियो । विशेष गरी अनपाको समुद्री रिसोर्टमा ठूलो क्षति पुगेको थियो ।
स्थानीय अधिकारीहरूद्वारा प्रसारण गरिएका तस्बिरहरूका अनुसार संलग्न क्रिमियाको बन्दरगाह सहर केर्चमा पनि यसको किनारमा इन्धन तेल आइपुगेको देखा परेको छ ।
क्षेत्रीय गभर्नर भेनियामिन कोन्द्रातयेभले सोमबार प्रकाशित गरेको तस्बिरअनुसार सेतो सुरक्षात्मक पहिरनमा स्वयंसेवकहरूले यस क्षेत्रका समुद्र तटहरू सफा गरिरहेका छन् ।
“हिजो राति लगभग सबै कुरा सफा भइसकेको स्वयंसेवकहरूले बताएका छन् तर रातको समयमा छालहरूले फेरि इन्धन तेल जम्मा गरे”, उनले भने ।
स्वयंसेवकहरूले उपचार गरिरहेका तेल लागेका चराहरूका तस्बिरहरू पनि स्थानीय अधिकारीहरूले प्रसारण गरेका छन् ।
तेल चुहावटले १० वटा डल्फिनको पनि मृत्यु भएको हुनसक्ने तर मृत्युको कारण पुष्टि गर्न परीक्षण आवश्यक रहेको विशेषज्ञ डेल्फा केन्द्रले आइतबार बताएको छ । “यो अत्यन्त चिन्ताजनक स्थिति हो”, कृष्ण सागरमा डल्फिनहरूको संरक्षण गर्ने वैज्ञानिक संस्थाले टेलिग्राममा भनेको छ । (एएफपी)
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया