बुवा र भाइको हत्या ‘मैँले गरेको हुँ’ भन्दै फरार छोराले गरे आत्मसमर्पण

काठमाडौँ - भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा मृत भेटिएका कुल प्रसाद आचार्य र छोरा प्रबिन आचार्यलाई परिवारकै सदस्यले हत्या गरेको पुष्टि भएको छ । बुवा र भाइको ‘हत्या मैले गरेको हुँ’ भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
मिलनले प्रहरी वृत्त महराजगञ्जमा आत्मसमर्पण गरेको उपत्यका प्रहरी कार्यालयका एकजना उच्च अधिकृतले बताए । सोमबार खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुल प्रसाद आचार्य र कान्छो छोरा २२ वर्षका प्रबिन आचार्य मृत भेटिएका थिए । जेठा छोरा मिलन फरार थिए ।
कुल प्रसादको टाउको पछाडि र कानमा चोट देखिएको छ । प्रहरीमा आत्मसमर्पण गर्दै मिलनले भनेका छन्, ‘भाइ र बुवालाई मैले हत्या गरेको हुँ ।’

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया