बाढीपहिरोले काभ्रेपलाञ्चोकका तीन हजार तीन सय निजी आवासमा क्षति
भीषण बाढीपहिरो गएको करिब तीन महिनापछि जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयले जिल्लामा भएका निजी आवासको क्षति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार जिल्लाका ३ हजार ३ सय ३८ निजी आवासमा क्षति पुगको छ ।
कूल क्षति पुगेको निजी आवासमध्ये २ हजार ५ सय ७७ घर पूर्णरुपमा क्षति भएका छन् । ७ सय ५१ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरि ६८ घरपरिवार स्थानान्तरणका लागि सिफारिस भएका छन् । कार्यालय प्रमुख भूमिनन्द ढकालका अनुसार १२ सरकारी भवनमा पूर्णरुपमा क्षति पुगेको छ भने १ सय ३५ वटामा आंशिक क्षति पुगेको छ ।
आठ सार्वजनिक भवन पूर्णक्षति भएका छन् भने एक सय ३४ वटामा आंशिक क्षति पुगेको जनाइएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये पनौती नगरपालिका तथा रोशी र बेथानचोक गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएका छन् । घर पूर्णरुपमा क्षति भएकामध्ये बेथानचोक गाउँपालिकामा छ सय २९, नमोबुद्ध नगरमा चार सय ८९, रोशीमा तीन सय ५० र तेमालमा चार सय ३९ घर छन् ।
त्यसैगरी चौरीदेउराली गाउँपालिकामा एक सय ३४, भुम्लुमा एक सय २२, धुलिखेल नगरमा ८०, पाँचखाल नगरमा ७६, पनौती नगरमा ५९, बनेपा नगरमा ४७, मण्डनदेउपुर नगरपालिकामा ८४ तथा खानीखोला गाउँपालिकामा ४५ र महाभारतमा २३ घर पूर्णरुपमा क्षति भएको कार्यालयले जनाएको छ । जिल्लामा स्थानान्तरण गर्नुपर्ने घरपरिवारमध्ये चौरीदेउरालीमा २३, मण्डनदेउपुरमा १३, पाँचखालमा १३, रोशीमा नौ, खानिखोलामा र बेथान्चोकमा ५र५ घरपरिवार छन् ।
बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ७९ जनाको मृत्यु भएको थियो भने ७८ घाइते तथा छ जना बेपत्ता छन् । जिल्लाका स्थानीय तहबाट प्राप्त क्षतिको विविरण अनुसार पुनःनिर्माण तथा पुनःस्थापनाका लागि बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहितको विवरण पठाइएको कार्यालय प्रमुख ढकालले बताए ।
उनका अनुसार २० वटा सरकारी तथा सार्वजनिक भवन पुनःनिर्माण गर्नुपर्ने देखिएको छ्र । “केही स्थानमा बस्ती तहसनहस भएकाले सुरक्षित क्षेत्रमा एकीकृत बस्ती विकास गर्नुपर्ने देखिएको छ, सरोकारवाला निकायलाई यसैअनुसार सुझाव प्रस्तुत गरेका छौँ”, ढकालले भने ।

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_JhF1HaZgQd_ytiourw9owd2jicajk0pgshgruenzoehupfdlkzjp1ntmibiq15lvwoxtzlx.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_OQjsp5SGrQ_m8pdfykfxeabadl8qozbh2lw7odzuezwgnnsrau0am4uyb8najuwrjbhs9tt.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

प्रतिक्रिया