शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

अमेरिकाको ट्रेनमा महिलालाई जिउँदै आगो लगाउने ग्वाटेमालाका आप्रवासी पक्राउ

अमेरिकाको न्युयोर्कमा आइतबार बिहान सबवे ट्रेनमा एक महिलालाई जिउँदै जलाएको अभियोगमा एक जना पक्राउ परेका छन ।

अमेरिका जस्तो देशमा घटेको यस्तो हृदयविदारक घटनाले विश्व स्तब्ध भएको थियो । यो घटना कोनी आइल्याण्ड स्टिलवेल एभिन्यू स्टेसनमा भएको हो। महिला ट्रेनमा बसिरहेकी थिइन् ।

त्यही क्रममा एक व्यक्तिले आफ्नो लाइटरले ती महिलाको लुगामा आगो लगाएका थिए । यस घटनामा ग्वाटेमालाका आप्रवासी सेबास्टियन जापेटालाई प्रहरीले पक्राउ गरिएको छ । 

उनी सन् २०१८ मा एरिजोना हुँदै अमेरिका प्रवेश गरेका थिए । प्रहरीसँग उनको कुनै आपराधिक अभिलेख पनि छैन ।