रानी–धरान सडक कालोपत्र हुने

विराटनगर- विराटनगर महानगरपालिकाले विराटनगर-४ राजवंशी चोक पश्चिम पुल चोकदेखि वडा नं १३ को रानी-धरान सडकलाई कालोपत्र गर्ने भएको छ।
नहरको डिल हुँदै निर्मित उक्त सडक करिब चार करोड रूपैयाँको लागतमा कालोपत्र गर्न बोलपत्र आह्वान गरिएको थियो। उक्त बोलपत्र अनुसार ऐसी-सीसी र एलसी जेभीले तीन करोड ८२ लाख रूपैयाँमा ठेक्का सम्झौता गरी काम सुरु गरिसकेका छन्।
महानगरले सो सडकका लागि आवश्यक बजेट आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने प्रमुख नागेश कोइरालाले जानकारी दिए।
सो सडक निर्माणपछि धरान-विराटनगर सडकमा देखिँदै आएको ट्राफिक समस्या केही मात्रामा भए कम हुने प्रमुख कोइरालाको भनाइ छ।
गत भदौ ६ गते ठेक्का सम्झौता भएको सो सडकमा हाल ग्राभेलको काम भइरहेको छ। ठेक्का सम्झौताअनुसार पाँच दशमलव पाँच किलोमिटर सडक कालोपत्र हुनेछ।
यसअघि एयरपोर्ट रोडदेखि केशलिया रोडसम्म कालोपत्र भइसकेको छ। आगामी भदौ ५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको महानगरका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए। रासस

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

हिल्सा–सिमिकोट सडकको सम्भाव्यता अध्ययन

पहिराले गुल्मीको रिडी-वामीटक्सार सडकमा आवागमन रोकियो

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै

नारायणी लिफ्टबाट पानी छोडियो

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको कालोपत्र सकिएपछि खुसियाली

प्रतिक्रिया