एनभीएलको लोगो सार्वजनिक

काठमाडौँ - पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ ।
लिगको आयोजक केडिया ग्रुपले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गरेको हो । खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो अनावरण र स्लोगन गरेका थिए । उचाईको नयाँ उडान स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने केडिया ग्रुपले जनाएको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउण्ड रोविनका आधारमा खेल हुने आयोजकले जनाएको छ । कार्यक्रममा खेलकुदमन्त्री चौधरीले खेलकुदको माहोल हुँदा पनि पूर्वाधार नुहुँदा खेलकुदको सोचेजस्तो विकास हुन नसकेको बताए ।
नेपाल ओलम्पीक कमिटीको निर्वाचनप्रति लक्षित गर्दै उनले अदालतको आदेश समेत नमान्ने प्रवृत्ति खेल संस्थामा देखिएको भन्दै सबैले ऐन नियम मान्नुपर्ने बताए । उनले सरकारको निर्देशन र कानुन नमान्ने खेलकुद संघहरूलाई कडा कारबाही गर्ने चेतावनी दिए ।
९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ । कार्यक्रममा श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबलको रजत विजेता नेपाली यू–२० राष्ट्रिय टोलीका सदस्यलाई नगद सहित सम्मान गरिएको थियो ।

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : पथरीशनिश्चरे र दमक विजयी

लिभरपुलको विजय यात्राको भिडमा कार कुदाइयो, ४७ जना समर्थक घाइते

अब पाँच चौकाले बनाउनेछ कोहलीलाई १२०० चौका हान्ने पहिलो एसियन क्रिकेटर

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

प्रतिक्रिया