महुली खोलाले बगाउँदा युवतीको मृत्यु
सप्तरी : अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर-१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह रहेको प्रहरीले जनाएको छ ।
आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका लागि जङ्गल पुगेका बेला तामा लिएर सोमबार साँझ घर फर्किने क्रममा महुली खोलामा आएको बाढीले महाकुमारीलाई बगाएको थियो । इलाका प्रहरी कार्यालय महुली र कञ्चनपुरको प्रहरी टोली तथा स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा बगाएको ठाउँबाट करिब २०० मिटर पर मृतावस्थामा उनको शव भेटिएको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । रासस

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया