हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने जापानको प्रतिवद्धता

टोकियो - जापान सरकारले मङ्गलबार आर्थिक वर्ष सन् २०३५ सम्ममा ६० प्रतिशतले हरितगृह ग्यास उत्सर्जन कम गर्ने योजनालाई स्वीकृत गरेको छ ।
वातावरण मन्त्रालय तथा अर्थ, व्यापार तथा उद्योग मन्त्रालयको संयुक्त बैठकमा आर्थिक वर्ष सन् २०४० सम्म ७३ प्रतिशतले न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यमा पनि अधिकारी तथा विज्ञहरू सहमत भएका छन् ।
बैठकमा केही विज्ञहरूले विश्वव्यापी जलवायु लक्ष्य पूरा गर्न अपर्याप्त भनी वर्णन गरिएका लक्ष्य तयारीको अन्तिम चरणमा छन् । यी लक्ष्यहरू फेब्रुअरी सन् २०२५ सम्म संयुक्त राष्ट्र सङ्घमा पेश हुने छन् ।
सरकारले आर्थिक वर्ष सन् २०४० का लागि क्षेत्रगत उत्सर्जन न्यूनीकरणको लक्ष्य तय गरेको छ । यसमा आर्थिक वर्ष सन् २०१३ को तुलनामा व्यापार क्षेत्रमा ७४ देखि ८३ प्रतिशत, यातायातमा ६४ देखि ८२ प्रतिशत र घरपरिवारमा ७१ देखि ८१ प्रतिशत समावेश छ ।

क्रेडिट सुइसको जरिवाना घटाइयो

भारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजबाट सुरू

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

विगत एक दशकमा वैदेशिक रोजगारबाट श्रीलङ्कामा उल्लेखनीय आम्दानी

किन अमेरिका युनेस्कोबाट बहिर्गमन गर्दैछ ?

हिरासतमा लिइएका बेलायती दम्पतीको उपचार भइरहेको तालिबानको दाबी

गाजामा भएको इजरायली आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्यु

प्रतिक्रिया