शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

गरूडाका मेयरले बाँडे सयौं गरिबलाई सिरक डस्ना

रौतहट - रौतहटको मध्यभाग गरुडा नगरपालिकामा सयौं परिवारलाई न्यानो सिरक वितरण गरिएको छ।

पछिल्लो केही दिन देखि बढ्दै गएको जाडोबाट नागरिक लाई जोगाउन मेयर कन्थमणि प्रसाद जयसवालको पहलमा नगरका विपन्न तथा सैयौं गरिब परिवारलाई न्यानो सिरक वितरण गरिएको हो। 

मेयर जयसवालले गरुडा नगरपालिका -७ पिपरिया गाउँका आर्थिक रूपले पिछडिएका गरिब, असहाय, दलित एवं विपन्न एक सय भन्दा बढी परिवारका सदस्यहरूलाई न्यानो सिरक वितरण गरेका छन्।

यस अघि वडा नम्बर ३ र ९ का दलित बिप्पन गरिब परिवारका हालसम्म कुल ४५० न्यानो सिरक वितरण गरिएको मेयर जैसवालले बताएका छन्।

यस पटक नगरपालिकाको प्रत्येक वडामा गरी १ हजार न्यानो सिरक वितरण गर्ने योजना रहेको मेयर जैसवालले बताएका छन्।

बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै चिसोका कारण कसैलाई पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ गरुडा नगरपालिकाले न्यानो सिरक वितरण गर्ने अभियान सञ्चालन गरेको मेयर कन्थमणि जयसवालको भनाइ छ।

नगरवासीलाई आर्थिक अभावमा ठूलो समस्या नहोस् भन्ने उद्देश्यले आफूले सदैव सहयोग गरेको उनको भनाइ छ।

 गरुडा नगरपालिकामा उनी निर्वाचित भए देखिनै प्रत्येक वर्ष बडा दशैं, छठ , होलीजस्ता पर्वमा अथवा कुनै दैवी प्रकोप हुँदा आर्थिक सहयोग गर्दै आएका छन्।