तमू पत्रकारिता पुरस्कारबाट ६ जना पुरस्कृत

काठमाडौँ - तमू (गुरुङ) सञ्चारकर्मी संघले पत्रकारितामा योगदान पुर्याएबापत छ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
आज यहाँ तमू पत्रकारिता पुरस्कार वितवरण तथा गुरुङ ‘न्युज डटकम’ वर्ष पुस्तक लोकार्पण कार्यक्रम आयोजना गरिएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कृत पत्रकारहरुलाई नगद पुरस्कार र ताम्रपत्र प्रदान गरे ।
पूर्वप्रधानसेनापति ‘छत्रमानसिंह–कमला गुरुङ’ पत्रकारिता पुरस्कारबाट देवराज गुरुङ (गुरुङ तर्फ) र पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट फोटो पत्रकार वर्षा शाह (गैर गुरुङतर्फ)ले जनही रु २०/२० हजार पुरस्कार प्राप्त गरे ।
त्यसैगरी ‘आदिकवि हर्कबहादुर गुरुङ स्मृति’ पत्रकारिता पुरस्कार पर्वतकी शीला गुरुङ र लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार म्याग्दीका गणेश गुरुङ (सुरेन) र भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार कास्कीकी अपेक्षा गुरुङले प्राप्त गरे । उनीहरु तीनै जनाले रु १०/१० हजार नगद प्राप्त गरे । तमू ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कार बुटवलकी निरु गुरुङले नगद रु १२ हजार प्राप्त गरिन् ।

तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला
_WbwxcTG7Hu_sdgq7hooprt45mjpdvx2rgh9rk9plpx5itffppxaextptl4zudxpmgbjo6im_ODOvg1e8jM_rfkllyayfksaulngdtpsa4l6l1sgljgujkwx4aojt0srbixexvruxpue37g3.jpg)
पशुपतिनाथको चारै ढोका खुला, भक्तजनको घुइँचो (फोटो फिचर)

वर्षातमा पनि आगलागीका घटना

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

प्रतिक्रिया